मलेसियामा एक नेपालीको मृत्यु

460
  •  
  •  
  •  

काठमाडौँ, २२ कात्तिक (ओएनएस) : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुने फाकफोग गाउँपालिका—१, ठिमेपुर, इलामका २८ वर्षीय अर्जुन लिम्बु हुन् ।

मलेसियाको जोहोरबारु बातु पहाडको एक फर्निचर कम्पनीमा कार्यरत लिम्बुको कात्तिक १९ गते हृदयघातका कारण सुतिरहेकै अवस्थामा मृत्यु भएको जनाइएको छ  । मृतकको शव मलेसियाको एक अस्पतालमा राखिएको र उनको शवलाई नेपाल पठाउने प्रक्रिया कम्पनीले सुरु गरिरहेको उनका आफन्तले जानकारी दिएका छन् ।


  •  
  •  
  •