अक्सिजन अभावमा अस्पतालमै आठ बालबालिकाको मृत्यु

54
  •  
  •  
  •  

काठमाडौं २५ भदौ ।
पाकिस्तानको पूर्वी भागमा पर्ने भेहारी सहरमाअवस्थित एक सरकारी अस्पतालमा अक्सिजनको अभावमा आठ बालबालिकाको ज्यान गएको छ ।

अस्पतालको सघन उपचार कक्षमा रखिएका ती बालबालिकालाई अक्सिजनको आवश्यकता भए पनि अस्पतालमा अक्सिजन सिलिण्डरको अभावमा मङ्गलबार बिहान आठ बालबालिकाको मृत्यु भएको हो। उक्त जानकारी स्थानीय सञ्चारमाध्यमले दिएका छन् ।भेन्टिलेटरमा राखिएका ती बालबालिकालाई दिइनुपर्ने अक्सिजन समयमै दिन नसक्दा सो दुर्घटना भएको अस्पतालले जनाएको छ।

एक टेलिभिजनका अनुसार भेन्टिलेटरमा राखिएका ती बालबालिका बिहानको व्यस्त समयमा सो भेन्टिलेटरले काम गर्न छोडेको हुनाले अक्सिजनको कमीले गर्दा नै मृत्यु भएको चिकित्सकले नै पुष्टि गरेका छन्।उक्त दुःखद घटनापछि ती बालबालिकाका परिवार एवम् आफन्तले अस्पताल प्रशासनविरुद्ध प्रदर्शन गरेको बताइएको छ । पाकिस्तानमा बाल मृत्यु दर उच्च रहेको छ । सेभ द चिल्डेनका अनुसार पाकिस्तानमा प्रत्येक वर्ष दुई लाख शिशुको मृत्यु हुने गर्दछ । यो मृत्युदर विश्वका अन्य देशको तुलनामा उच्च हो ।

पाकिस्तानका अधिकांश नवजात शिशुको जन्मेको महिनादिनभित्रै ज्यानजाने गरेको पनि सेभ द चिल्ड्रेनले जानकाररी दिएको छ ।अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •