रंगशाला बाहिर झडप, कम्तिमा २२ जनाको मृत्यु

155
  •  
  •  
  •  

काठमाडौं २६  माघ (एजेन्सी) :  इजिप्टको राजधानी कायरोस्थित फुटबल रंगशाला बाहिर झडप हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी र फुटबल प्रशंसकहरुबीच झडप हुँदा २२ जनाभन्दा बढी फुटबल प्रशंसकहरुले ज्यान गुमाएका हुन् ।

_80870709_80870708जमालेक फुटबल क्लबका समर्थक विना टिकट स्टेडियममा पस्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । प्रहरीले अश्रु ग्यास र गोली प्रहार गरेपछि भागदौड हुँदा मानिसहरु किचिएको विविसिले जनाएको छ । घटनामा कम्तीमा २० जना घाईते भएका छन् ।

_80872655_025784821-1उक्त घटनापछि इजिप्टको प्रिमियर लिग स्थगित गरिएको छ।


  •  
  •  
  •