काठमाडौं २३ फागुन (एजेन्सी) भारतको महाराष्ट्रमा गत वर्ष ३ हजार २ सय भन्दा धेरै किसानले आत्महत्या गरेको बताइएको छ । भारतका कृषि राज्यमन्त्री राधामाहेन सिहंले संसदमा महाराष्ट्रमा गतवर्ष मात्रै ३२ सय २८ जना कृषकले आत्महत्या गरेको जानकारी दिएका छन् ।
सरकारको तथ्याङ्कले महाराष्ट्रको अमरावति जिल्लामा धेरै जसो किसानहरुले आत्महत्या गर्ने गरेको देखाएको छ । गत वर्ष अमरावतिमा ११ सय ७९ जनाले आत्महत्या गरेका छन् ।
यस्तै औरंगाबादमा ११ सय ३०, नांसिकमा ४५९, नागपुरमा ३ सय ६२, पुणेमा ९६ जना किसानले आत्महत्या गरेका छन् ।
यसो गर्ने अधिकांश किसानहरु मुआब्जाका हकदार रहेको भेटिएको छ । ३२ सय २८ मध्ये १८ सय ४१ जना किसान आश्रितहरु मुआब्जा लिनेहरु थिए । ९ सय ३ वटा आत्महत्याका कारणहरु भने फरक९फरक छन् ।
आत्महत्या गर्ने मध्ये १८ सय १८ जनाको परिवारले एकलाख रुपैयाँ मुआब्जा बुझिसकेको देखिएको छ । भारतमा खँडेरीका कारण किसानले कृषिबालीमा नोक्सानी बेहोर्नुपरपछि आत्महत्या रोज्ने क्रम तीब्र भएको छ ।