करेन्ट लागेर ३ को मृत्यु, चिसोले लियो २ को ज्यान

351
  •  
  •  
  •  

रापेछाप, २८ मंसिर (ओएनएस) रापेछापमा विद्युत लाइनको तार चुडिएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दोलखास्थित दोरम्बामा ११ हजार भोल्टको प्रसारण लाइनको तार चँुडिएर गाउँमा वितरण गरिएको लाइन जुध्दा भएको करेन्ट प्रवाहबाट ३ जना स्थानीयवासीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा–५ का ६५ वर्षीय इन्द्रबहादुर मगर र २५ वर्षीय चण्डेलाल तामाङ तथा दोरम्बा–७ का ६२ वर्षीय अम्बरबहादुर थापा मगर छन् ।

दोरम्बा–७ बोदल र वडा नं ५ को माने गाउँमा वितरण गरिएको बिजुलीको खम्बाको माथिल्लो भागबाट टाँगिएको प्रसारण लाइनको तार चुँडिएर त्यहीँ खम्बाको तल्लो भागबाट टाँगिएको वितरण लाइनमा खप्टिएर गाउँभरि जथाभाबी विद्युत् प्रवाह हुँदा दुर्घटना भएको हो ।
राति तार चँुडिएलगत्तै जथाभाबी विद्युत् प्रवाह भएको थियो । बिहान उठेर बत्तीको स्विच दबाउँदा गाउँले करेन्ट प्रवाहको दुर्घटनामा परेको हो ।

चिसोको कारण २ को मृत्यु
केही दिनयता बढे्को शीतलहर र चिसोका कारण सिराह अस्पतालमा बिरामीको चाप बढ्ेको छ । मङ्सिरको अन्तिम सातादेखि सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।

सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । दूधेबालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतबाट पीडित भएका छन् ।

जिल्लामा चिसाले कठ्याङ्ग्रिएर एक साताअघि सुखीपुर–८ निवासी ६० वर्षीय बौवा सदा र विद्यानगर–२ निवासी ५० वर्षीया आशादेवी मण्डलको मृत्यु भइसकेको छ । रासस


  •  
  •  
  •