करेन्ट लागेर एक महिलाको मृत्यु

132
  •  
  •  
  •  

सुनसरी, ६ बैशाख (ओएनएस) : सुनसरीको ईटहरी उपमहानगरपालिका ४ मा आज दिउसो करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। पानी तान्न लाग्दा मोटरबाट विद्युत सर्ट भई करेन्ट लागेर २६ बर्षिया कमला कटवालको मृत्यु भएको हो।

करेन्ट लागी गम्भीर घाईते भएकी उनको उपचारको क्रममा बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।


  •  
  •  
  •