चिसोले लियो बृद्धको ज्यान

238
  •  
  •  
  •  

सप्तरी, ३ पुस (ओएनएस) : केहि दिनयता बढेको चिसोको कारण सप्तरीमा एक जनाको मृत्यु भएको छ । तराईमा बढेको शीतलहरले जनजिवन कष्टकर बन्दै जाँदा सप्तरीमा कठ्याङ्रिएर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बनैनिगा गाविस–२ निवासी ७० वर्षीय चनदेश्वर खंग रहेको प्रहरीले जनाएको छ ।

खंगको राति आफ्नो घर जाने क्रममा अचानक अत्यधिक शीतलहरका कारण चिसो लागेपछि कठ्याङ्ग्रिएर मृत्यु भएको हो । यस्तै कञ्चनरुप नगरपालिका–८ सडकखण्डमा बसको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख १७७१ नम्बरकोे बसले सडक पेटीमा पैदल हिँड्दै गरेकोे बालिकालाई ठक्कर दिएको हो । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ बस्ने बोलाई सदाकी १२ वर्षीय छोरी सोनिया सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


  •  
  •  
  •