नायिका किशा थोकरको दुबईमा दुर्घटनामा निधन

171
  •  
  •  
  •  

काठमडौं १२ कात्तिक । तामाङ चलचित्रका नायिका किशा थोकरको दुबईमा सडक दुर्घटनामा परी निधन भएको छ । युएईको फुजेरामा उनी कार दुर्घटनामा परेको खबर प्राप्त भएको छ ।
उनी रोजगारीको सिलसिलामा युएईको फुजेरामा रहँदै आएकी थिइन् । उनी त्यहाँ पाँच महिना अघि मात्रै पुगेकी हुन् ।
युएईबाट ललितपुरका ज्ञान मोक्तानले दिएको जानकारी अनुसार उनी पीएसएस (Professional Security System ) भन्ने कम्पनीमा कार्यरत थिइन् । ड्युटीमा जाँदै गर्दा सडक पार गर्ने बेलामा कारले ठक्कर दिँदा उनको घटनास्थलमै निधन भएको बताइएको छ । उनको पार्थिव शरीरलाई फुजेराको एक अस्पतालमा राखिएको छ ।
२२ वर्षकी नायिका थोकर काभ्रे जिल्लाको शिखर अम्बोटेमा जन्मेका हुन् ।
उनले पहिलो पटक २०६७ सालमा ‘आले च्याङबा’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् । त्यसपछि ‘अ‍े बिना ङा सो आखाम’, ‘नालिस’, ‘तिङला जो’ र नेपाली चलचित्र यू एन्ड मी मा पनि अभिनय गरेकी थिइन् । (पूर्ण विवरण प्राप्त हुन बाँकी । )
यता नायिका किशा थोकर दुर्घटनामा परी निधन भएको खबर आएकोले तामाङ चलचित्र सङ्घको आकस्मिक बैठक बस्न लागेको अध्यक्ष जेनिश दोङले जानकारी दिएका छन् । छार गोङ्माबाट


  •  
  •  
  •