विवाहमा कुटपिटबाट एक जनाको मृत्यु, १५ नियन्त्रणमा

554
  •  
  •  
  •  

गोरखा, १९ वैशाख(ओएनएस) : गोरखाको पालुङटार नगरपालिका ४ मा जन्ती आएका लमजुङ राइनास नगरपालिका ४ का ३४ वर्षिय विष्णुबहादुर कुमालको कुटपिटका कारण ज्यान गएको छ ।

बुधबार विवाहमा सहभागी हुन पालुङटार आएका उनलाई बेहुली लिएर फर्कने समयमा केटी जिस्काएको भन्दै बेहुली पक्षधरले कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भिर घाईते कुमालको पोखरा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका गोरखाका एसपी भोला रावलले बताएका छन् ।

उनका अनुसार घटनामा संलग्न रहेका १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।


  •  
  •  
  •