करेन्ट लागेर मृत्यु

504
  •  
  •  
  •  

गोरखा, १० वैशाख(ओएनएस) : गोरखाको गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बिजुलीको पोलमा काम गर्न जाँदा स्थानीय चमतीका अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

बिजुलीको पोलमा काम गर्न जाँदा प्राधिकरणसँग सल्लाह गरेर गएको स्थानीय धुव्र दुवाडीले जानकारी दिएका छन् । अहिले पनि उनको शव बिजुलीको तारमा झुन्डिएको अवस्थामा रहेको उनले बताए । घटनाबारे प्रहरीलाई खबर गरिएको छ । भुवन गाउँमा केही वर्षदेखि बिजुलीको काम गर्दै आएका थिए ।


  •  
  •  
  •