श्रीलंका शृंखलाबद्ध विस्फोट : मृत्यु हुनेको संख्या २ सय ७ पुग्यो (अपडेट)

480
  •  
  •  
  •  

एजेन्सी । श्रीलंकाको गिर्जाघर र होटलहरूमा आइतबार बिहान भएको शृंखलाबद्ध विस्फोटनमा ज्यान गुमाउनेको संख्या दुई सय ७ पुगेको छ ।

श्रीलंका प्रहरीका प्रवक्ताका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा छवटा विस्फोटन भएका थिए । त्यसपछि थप दुई स्थानमा विस्फोटन भएको जनाइएको छ ।

विस्फोटमा पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएका छन् ।
समाचारसंस्था एएफपीका अनुसार घटनामा परेर कम्तीमा ३५ जना विदेशीको मृत्यु भएको छ ।

बीबीसीका अनुसार विभिन्न स्थानबाट घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिइएको छ ।
सुरक्षाकर्मीहरूले केही स्थानमा छापा मारेका छन् । घटनापछि श्रीलंकाका राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका छन् ।
यसैबीच श्रीलंकामा देशभरि नै लागु हुनेगरी आइतबार साँझ छ बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।


  •  
  •  
  •