अस्पतालको शौचालयमा नर्स झुण्डिएको अवस्था फेला

542
  •  
  •  
  •  

जनकपुर, ८ वैशाख(ओएनएस) : जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा कार्यरत एक नर्स झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

महोत्तरीको गौशाला नगरपालिका–३, रामनगरकी २४ वर्षीया नर्स रक्षा आले आइतबार अस्पतालको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । हस्पिटल स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका डीएसपी रामेश्वर कार्कीले शौचालयमा झुण्डिएको अवस्थामा नर्स आलेको शव फेला परेको बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •