श्रीमानको कुटाइबाट महिलाको मृत्यु

356
  •  
  •  
  •  

काठमाडौं, १५ चैत(ओएनएस) : श्रीमान डाक्टर सचितानन्द यादवबाट निर्घात कुटिएकी वीरगञ्ज महानगरपालिका–२० की सुनिता यादवको मृत्यु भएको छ।

चैत ६ गते श्रीमानबाट कुटिएकी ३६ वर्षीया अनिताको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमानको कुटाइबाट शरीरभरि र टाउकोमा समेत चोटपटक लागेकी यादवलाई सुरूमा नारायणी उपक्षेत्रीय अस्पताल हुँदै वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि यहि चैत १२ गते शिक्षण अस्पताल ल्याइएको थियो।

कुटपिट गर्ने डाक्टर सचितानन्द यादवलाई गत शुक्रबार पर्सा प्रहरीले पक्राउ गरिसकेको छ। यादव गण्डकी उपक्षेत्रीय अस्पतालका मधुमेह तथा थाइराइड रोग विशेषज्ञ हुन्।

निर्घात पिटिएकी अनितालाई आइसियुमा राखी उपचार गरिएको थियो। अनिता सचितानन्दकी जेठी श्रीमती हुन्। अनिताबाट सन्तान नभएपछि डाक्टरले कान्छी श्रीमती भित्र्याएका थिए। कान्छी श्रीमती ल्याएपछि अनिता र सचितानन्दबीच सम्बन्ध बिग्रेको थियो।


  •  
  •  
  •