हत्या गरिएको अवस्थामा शव फेला

335
  •  
  •  
  •  

बझाङ, २९ फागुन(ओएनएस) : बझाङ सदरमुकाम चैनपुरमा एकजनाको ढुङगाले हानेर हत्या गरिएकोे अवस्थामा शव फेला परेको छ ।

सुर्मा गाउँपालिका वडा नं १ घर भएका ३५ वर्षीय धर्कबहादुर बोहराको शव फेला परेको हो ।
प्रहरी नायब उपरीक्षक प्रविण धितालका अनुसार सदरमुकाम चैनपुरको चौगाई टोलमा हत्या गरेर सडकमा फालिएको अवस्थामा शव फेला परेको हो ।

हत्या किन र के कारणले भएको भन्ने खुल्न सकेको छैन । स्थानीयबासिन्दाले बुधबार बिहान सडकमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक बोहराको टाउको र अनुहारमा चोट देखिएको छ ।


  •  
  •  
  •