रुपन्देहीमा तरुण दलका कार्यकर्ताको हत्या

घटनामा संलग्न भएको आशंकामा ३ जना पक्राउ
320
  •  
  •  
  •  

रुपन्देही, २७ फागुन(ओएनएस) : रुपन्देहीको देवदहमा तरुण दलका कार्यकर्ताको हत्या भएको छ । देवदह प्रहरी चौकीका प्रमुख भरत थापाका अनुसार देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अनिस पुरीको चिरपट र ढुङ्गाले हानेर आइतबार राति हत्या भएको हो ।

देवदहबाट भलुहीतर्फ मोटरसाइकलमा आउँदै गरेका पुरीलाई फोन गरेर बोलाएर पेट्रोल पम्प पछाडि सडकबाट १ सय मिटर भित्र लगेर चिरपट, ढुङ्गालगायतले हानेर हत्या गरिएको देवदह नगरपालिका प्रमुख हिरा खत्रीले जानकारी दिए ।
उनको छातीमा गहिरो चोट छ ।
गम्भीर घाइते पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •