नेपालगञ्जका वर्नावालको साउदीअरबमा मृत्यु

450
  •  
  •  
  •  

काठमाडौं २८ साउन (ओएनएस) : नेपालगञ्जका दिलिप वर्नावालको साउदीअरबमा मृत्यु भएको छ ।श्रीमतीसँग फोनमा कुरा गरेको दश घण्टापछि नै वर्नावालको मृत्यु भएको खबर आएपछि परिवारजन स्तब्भ भएका छन् । साउदीअरबको अलसुलेल भन्ने ठाउँमा फर्निचर कम्पनीमा काम गर्ने वर्नावालको ‘हट अट्याक’ भएर मृत्यु भएको खबर आएको छ ।

शनिबार राति एक बजे वर्नावालको श्रीमतीसँग कुराकानी भएको थियो । आइतबार परेको रक्षाबन्धनका लागि भाईहरु लिन आएको बारेमा श्रीमतीले वर्नावालसँग कुराकानी गरेकी थिइन् । ‘राम्रोसँग रक्षाबन्धन मनाउनु, माइतीमा म आएपछि जाउँला’ वर्नावालले फोनमा भनेका थिए । श्रीमान–श्रीमतीको फोन वार्ता सकिएपछि सुतेका वर्नावालको पाँच घण्टापछि नै बिहान ६ बजे मृत्यु भएको अस्पतालको रिपोर्टले देखाएको परिवारमा खबर आएको छ । तर, घरमा भने दश बजेतिर फोन गरेर जानकारी दिइएको थियो ।

बिहे गरेको एक महिनापछि नै वर्नावाल साउदीअरब गएका थिए । सात महिनाअघि साउदीअरब गएका वर्नावालले एक लाख ७१ हजार ८ सय ४० रुपैया पठाएका थिए । फर्निचर कम्पनीमा काम गर्ने वर्नावालको मासिक तलव ३२ हजार थियो । समाचारपत्रबाट


  •  
  •  
  •