चकलेट खादा बेहोस भएर मृत्यु

297
  •  
  •  
  •  

 

सिन्धुली, २३ साउन (ओएनएस)  : सिन्धुलीको सिथौली–१ बस्ने डम्बर बहादुर परियारको ५ बर्षीय छोरा अर्जुन परियारको चक्लेट खाँदा बेहोस भएर मृत्यु भएको छ । साउन २२ गते चक्लेट खाँदा अचानक बेहोस भएका उनलाई उपचारको लागि स्थानीय प्राथमिक स्वास्थ्य चौकीबाट थप उपचारको लागि अस्पताल पठाइएकोमा आफन्तहरुले घरमा ल्याई राखेको अवस्थामा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


  •  
  •  
  •