कोइला खानीमाथिको छानो खस्दा २१ जनाको मृत्यु

866
  •  
  •  
  •  

काठमाडौं । उत्तरी चीनको एक कोइला खानीमाथिको छानो खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
शान्सी प्रान्तको शेन्मु शहर नजिक रहेको खानीमा दुर्घटना हुँदा खानीमा कामदारको मृत्यु भएको हो ।

शनिबार भएको दुर्घटनापछि ६६ खानी कामदारहरुलाई उद्दार गरिएको छ । दुर्घटना हुँदा ८७ जना कामदारहरु भित्र काम गरिरहेको थिए ।

सरकारी सिन्ह्वा समाचार एजेन्सीका अनुसार छाना खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ ।

खानीहरुमा हुने दुर्घटनालाई मध्यनजर गर्दै कोइला उत्पादका सर्तहरुमा सुधार गर्ने र गैरकानुनी खानीहरु बन्द गर्ने प्रयासहरुको बावजुद चीनमा धेरै खानी दुर्घटना हुने गर्छ ।

चीनको नेशनल कोल माइन सेफ्टी एडमिनिस्टेनका अनुसार सन् २०१७ ३७५ कोइला खानीसँग जोडिएको मृत्यु भयो । उसका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा २८.७ ५ ले कम हो ।

सिन्ह्वाका अनुसार लिजिगोउ खानी बेइजी माइनिङ कम्पनीले संचालन गरिरहेको थियो । घटनाबारे थप जानकारी आइसकेको छैन ।


  •  
  •  
  •