टिप्परकोे ठक्करबाट बालकको ज्यान गयो

225
  •  
  •  
  •  

महोत्तरी, २९ पुस(ओएनएस) : महोत्तरीमा टिप्परकोे ठक्करबाट एक बालकको ज्यान गएको छ ।

जिल्लाको सम्सी गाउँपालिका २ पर्सामा ना ७ ख ६४२७ नम्बरको टिप्परको ठक्करबाट स्थानीय ९ वर्षीय शेख सदावको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार आइतबार बिहान ७ बजे गौशालाबाट सम्सीतर्फ जाँदै गरेको टिप्परले बालक सदावलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •