अत्यधिक चिसोका कारण एकै दिन १० जनाको मृत्यु

394
  •  
  •  
  •  

काठमाडौं, २७ पुस (ओएनएस): अत्यधिक चिसोका कारण तराईका बिभिन जिल्लामा एकै दिन १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी छिन्नमस्ता–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया, सोही ठाउँ बस्ने ७० वर्षीया सरस्वतीदेवी साह र सुरुङगा नगरपालिका–१ चहका बस्ने ५१ वर्षीय अम्बरबहादुर पुलामीको अत्यधिक चिसोको कारण बिहीबार मृत्यु भएको छ।

त्यस्तै सर्लाही बसवरिया गाउँपालिका–१ मानपुर बस्ने ६५ वर्षीया सियादेवी यादवको, ब्रहमपुरी गाउँपालिका–६ नोकैल्वा टोल बस्ने तेतर माझी मुसहरको छोरा ५ वर्षीय होरिल माझी मुसहरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिका–६ सौरहवा बस्ने ६० वर्षीय बृजमोहन थारु ,सिराहा अरणामा गाउँपालिका–३ बस्ने ६५ वर्षीय कारी यादबको आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत्यु भएको छ । त्यस्तै रौतहट माधव नारायण नगरपालिका–४ मानपुर बिसनपुर्वा बस्ने बिक्रमराय यादवकी छोरी १ वर्षीया रेखाकुमारी यादव, महोत्तरी पिपरा गाउँपालिका–४ पिपरा बस्ने ६० वर्षीय सुरेन्द्र मिश्राको मृत्यु भएको छ ।

आफ्नै आमा मन्जु यादवले पिठ्युमा बोकी घरतर्फ जाँदै गरेको अवस्थामा चिसोले कठ्याङग्रिई वेहोस भएका धनुषाधाम नगरपालिका–९ नौसयविघा बस्ने तिलेश्वर यादवको छोरा ४ महिनाको क्रिश्चन यादवको उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


  •  
  •  
  •