भारतीय नागरिक हत्याको आरोपमा ५ जना प्रहरीको नियन्त्रणमा

279
  •  
  •  
  •  

काठमाडौं, १३ पुस (ओएनएस) : काठमाडौको गौशालामा गए राति एक भारतीय नागरिकको हत्या भएको छ ।

गौशालामा रहेको पशुपति भिजनस्थित आमादब्लम होटलमा बास बस्न पुगेका भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो ।

आदित्य लगाएत अन्य केही जना आमादब्लम होटलको कोठा नं ८०१ मा बसेको र  मध्य रातमा  १२ बजे होटलमा रक्सी मागेपछी बिबादले उग्र रुप लिएकाे बताएकाे छ । प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीले अाेएनएसस‌ग  भने सामान्य बिबाद बढ्दै जाँदा गुरुङको हत्या भएको हो । उनका अनुसार होटलमा दुवै पक्षबीच भएकाे  कुटपिटबाट घाइते भएका गुरुङको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।

मदिरा सेवनबाट उत्पन्न विवादपछि होटलका कर्मचारी र गुरुङबीच झगडा भएको देखिएकाले थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । झगडामा दुवै पक्षका केही सामान्य घाइते भएका छन् । प्रहरीले घटनामा सग्लन भएको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर छानविन अघि बढाइरहेको जनाएकाे छ ।


  •  
  •  
  •