
काठमाडौं २६ मंसिर (ओएनएस) :
हुम्लामा घरको छत भत्केर चार जनाको मृत्यु भएको छ । सिमिकोट गाविस–४ का कमल बोहराको नयाँ घरमा बनाइँदै गरिएको ढुङ्गाको छानो भत्केर बिहीबार चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ठे गाविस–५ का जय बोहरा, सोही गाविसको वडा नं ६ का जानिका भण्डारी, सिमिकोट गाविस–१ का जस सुनार र बाजुरा जिल्ला गोती गाविस–४ का काली बुढा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ