
काठमाडौं । ललितपुर महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा महिला र दुई बच्चाको मृत्यु भएको छ । ३६ वर्षीया रविना महर्जनले शनिबार दिँउसो ४ तले घरको छतबाट हामफालेर आत्महत्या प्रयास गरेकी थिइन् । छतबाट हामफालेर गम्भीर घाइते भएकी महर्जनलाई उपचारको लागि किस्ट अस्पतालमा लगिएको थियो ।
उपचारकै क्रममा उनको राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्की बताए । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकाेमा बच्चाको ज्यान गएको हो ।
साढे पाँच बजे रविनाका ६ वर्षीय छोरा अश्वेत महर्जन र छोरी रीभा महर्जन मृत्यु भएको छ । उनका अनुसार दुई बच्चाको मुख थुनेको अवस्थामा फेला परेका थिए । रविना सासु श्रीमान र दुई बच्चासँग बस्दै आएकी थिइन् ।