सिंगापुरका राजनेता ली क्व‍ान यूको निधन

137
  •  
  •  
  •  

काठमाडौं ९ चैत (ओएनएस) : सिंगापुरका राजनेता ली क्व‍ान यूको निधन भएको छ। सोमबार सबेरै उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।
सिंगापुर जस्तो एउटा सानो बन्दरगाह शहरलाई एक सम्पन्न विश्वकेन्द्र बनाउने श्रेय उनलाई दिने गरिन्छ।

सिंगापुरको संवृद्धिको मार्गचित्र कोर्ने व्यक्तित्वको रुपमा ली क्वुन यूलाई सिंगापुरमा निकै सम्मान गरिन्छ। उनले ३१ वर्षसम्म प्रधानमन्त्री पद सम्हालेका थिए।
सिंगापुरका संस्थापक प्रधानमन्त्री ली क्वान यूको निधन भएको घोषणा गर्नुपर्दा प्रधानमन्त्रीले निकै मर्माहत भएको बताएका छन् ।  निमोनियाले ग्रस्त भएपछि केही सातादेखि उनी उपचाररत थिए।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले लीको निधनबाट निकै दुःखी बनेको भन्दै सिंगापुरका जनताप्रति शोक व्यक्त गरेका छन्।


  •  
  •  
  •