विषालु च्याउँ खाँदा एकै परिवारका चारको मृत्यु

176
  •  
  •  
  •  

दैलेख १३ साउन (ओएनएस) : दैलेखको डाँडापराजुली गाविस वडा नं। १ आरुखर्कमा विषालु च्याउ खाँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा चन्द्रा गाहा मगर, उनकी छोरी झरना, छोराहरु विशाल र भुपेन्द्र गाहा मगर रहेका छन् ।

च्याउ खाएका २ जनाको अवस्था चिन्ताजनक रहेको छ । चन्द्राले घाँस काट्न जाँदा जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । छोरी झरनाको घरमै मृत्यु भएको हो भने छोरा विशालको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

आमा चन्द्र र चोरा भुपेन्द्रको भने नेपालगञ्जस्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो । गम्भीर अवस्थाका २ जनाको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । (


  •  
  •  
  •