श्रीमानको मृत्युपछि श्रीमतीले गरिन् आत्महत्या

205
  •  
  •  
  •  

प्रतिकात्मक तस्बिर

काठमाडौं । ललितपुर नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक महिलाले आत्महत्या गरेकी छन् ।
उपचाररत बिरामी श्रीमानको मृत्युपछि पत्नीले अस्पतालमै आत्महत्या गरेकी हुन् । म्याग्दीको मालिका गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मृत्युपछि कुरुवा बसेकी उनकी पत्नीले अस्पतालमै आत्महत्या गरेकी अस्पतालले जनाएको छ ।

क्यान्सरबाट पीडित श्रीमानलाई किमोथेरापी गराउन उनले केही दिन अगाडि काठमाडौं ल्याएकी थिइन् । तर उपचारको क्रममा बिहीबार राति श्रीमानको मृत्यु भएपछि अस्पतालकै बाथरुमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

उनको शव शुक्रबार बिहान फेला परेको थियो ।
ती पुरुषलाई गत जेठ १९ गते पोखरास्थित मणिपाल अस्पतालले काठमाडौं रिफर गरेको थियो । अस्पतालका सीईओ डा. बच्चुकैलाश कैनीले श्रीमानको मृत्युको पीडा सहन नसकेर आत्महत्या गरेको हुन सक्ने बताए ।

श्रीमानको राति नै मृत्यु भएको र त्यसपछि उनले आत्महत्या गरेको अस्पतालको भनाइ छ । शुक्रबार बिहान बाथरुम नखुलेपछि अस्पतालका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए ।


  •  
  •  
  •