बौद्ध घटनाः केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला

58
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं बौद्ध ६ को गुहेश्वरी फाँटको प्लानिङमा रहेको खाली जग्गामा बोराभित्र मानिसको खुट्टा भेटिएको स्थानबाट केही पर जलाएको अवस्थामा मासुजस्तै बस्तु फेला पारेको छ। घटनाको अनुसन्धान गर्दै जाने क्रममा घटनास्थल भन्दा करिब १ किलोमिटर उत्तरतर्फ खाली जग्गामा परालले जलाएको अवस्थामा मासुको डल्ला फेला पारेको प्रहरीले जनाएको छ । धोक्रामा खुट्टा फेला पर्दा पराल हुनु र जलागएको ठाउँ पनि पराल देखिनुले घटनाको कनेक्सन हुनसक्ने प्रहरीको अनुमान छ।

मंगलवार प्रहरीले बौद्ध ६ को गुहेश्वरी फाँटको प्लानिङमा रहेको खाली जग्गामा बोराभित्र पराल हालेर मानिसको खुट्टा फ्याँकिएको अवस्थामा फेला पारेको थियो। खुट्टा भेटिएपछि बाँकी शरीरको अंग पनि कतै छ कि भनेर प्रहरी घटनास्थल वरपरको स्थानमा खोजी गरिरहेको थियो। प्रहरीले मंगलवार फेला पारेको खुट्टा महिला पुरुष के हो भन्ने समेत खुलेको छैन।

बौद्ध नयाँवस्तीमा बोराभित्र शवको केही भाग फेला


  •  
  •  
  •