हाकिमले विरामी बिदा दिएनन्, कर्मचारीको ज्यान गयो

146
  •  
  •  
  •  

कठमाडौं ८ मंसिर ।
नेपाल विद्युत प्राधिकरण गमगाढ साना जलविद्युत वितरण केन्द्रमा कार्यलय प्रमुखले कर्मचारीलाई विरामी विदा नदिदा समयमै उपचार नपाएर कर्मचारीको मृत्यु भएको छ।

गमगाढ जलविद्युत आयोजनाको वितरण केन्द्रमा कार्यालय सहयोगी ४० वर्षीय परेकलाल बुढाले आफू विरामी परेको भन्दै विदा मागेका थिए। वितरण केन्द्रका प्रमुख अमित गौतमले दसैंतिहारमा घर (जुम्ला )गएर लामो समय बसेको भन्दै विदा दिन नमिल्ने बताएका थिए। बुढाले उपचारका लागि एक महिना लामो विदा र तलब पनि मागेका थिए। विदा नपाएपछि दम रुघाखोकि र निमोनियाले थला परेका बुढाको अवस्था गम्भीर भएपछि उपचारका लागि मंसिर १ गते कार्यलयबाटै जिल्ला अस्पताल मुगुमा भर्ना गरिएको थियो र मंसिर २ गते उनको मृत्यु भयो।

यसबारेमा बुझ्न खोज्दा कार्यलय प्रमुख गौतमले एक हप्ताभन्दा बढी समयको विदा आफूले दिननसक्ने भएकोले क्षेत्रीय कार्यलयको सिफारिस ल्याउन भनेको तर सिफारिस नआएपछि आफूले विदा दिन नसकेको गौतमले बताए।

कार्यलयका अन्य कर्मचारीले बुढालाई विदा दिनका लागि अनुरोध गर्दा उनले उल्टै झपारेको एक कर्मचारीले बताए। गौतमले आफु नेपालगञ्जको डन हुँ मलाई कसले के गर्न सक्छ , कसैले केही गरे नेपालगञ्ज झर्दा देखाई दिन्छुसम्म भन्ने गरेको कर्मचारीको भनाइ छ । मृतक बुढाले विद्युत उत्पादन गृहमा रेखदेख गर्दै आएका थिए। चिसोका कारण निमोनियाँले धेरै च्यापेर कार्यलयमै थलापरेपछि मात्र कार्यालय प्रमुख गौतमले जिल्ला अस्पताल लैजान अरु कर्मचारीलाई आदेश दिएका थिए।

बुढाको विदा तथा मृत्यु प्रकरणका बारेमा विद्युत प्राधिकरणको केन्द्रबाट सोधपूछ भएको छ। उनले स्वभाविक रुपमा उनको मृत्यु भएको र आफूले उनलाई नियम बमोजिम विदा तथा अन्यसुविधा उपलब्ध गराएको जानकारी प्राधिकरण दिएका छन्।

मुगु जिल्ला अस्पतालका डा. रणबहादुर बोगटीले अस्पतालमा आउँदा उनको अवस्था गम्भीर रहेको बताए। ‘समयमै उपचारका लागि अस्पताल आएको भए उनलाई बचाउन सकिन्थ्यो कि, उनले भने। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •