धनकुटामा जंगलमा मृत भेटिए दम्पत्ति

50
  •  
  •  
  •  

प्रतिकात्मक तस्बिर

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–७ राम्चेस्थित जंगलमा मंगलबार एक दम्पत्ति मृत फेला परेका छन। मृत्यु हुनेमा पाख्रिबास नगरपालिका–६ तिल्केका करिब २२ वर्षीय सुनिल थापा र २० वर्षीया सृजना गुरागाँई रहेको प्रहरीले जनाएको छ।

थापा झुन्डिएको र गुरागाँई भुइमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतक दुवै श्रीमान श्रीमती पुष्टि भएको प्रहरीले जनाएको छ । युवकले युवतीको हत्या गरि आफूले आत्माहत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।


  •  
  •  
  •