आगलागीमा एकै परिवारका दुई जनाको मृत्यु

51
  •  
  •  
  •  

फाइल तस्बिर

रामेछाप । रामेछापको उमाकुन्ड गाउँ पालिका वडा नं २ बाम्ति लहरे टोलको एक घरमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७८ बर्षका धनबहादुर कार्की र उनकी श्रीमती ६८ बर्षकी सीता कार्की रहेका छन् ।

आइतबार राति स्थानीय मनोहर कार्कीको घरमा अचानक आगलागी हुँदा उनका बुबा र आमाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताए ।
घर भित्र सुतिरहेका बेला मध्य रातमा घरमा लागेको आगोका कारण बृद्ध बुबा र आमाको मृत्यु भएको भएपनि मनोहर कार्की र उनकी श्रीमति कल्पना कार्की तथा ३ बर्षकी छोरी स्मारीकाको भने झ्यालबाट फालहालेर ज्यान बचेको प्रहरीले जानकारी दिएको छ ।


  •  
  •  
  •