अमेरिकामा प्रहरीको गोली प्रहारबाट अश्वेत नागरिकको मृत्यु

77
  •  
  •  
  •  


एजेन्सी । अमेरिकामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको मृत्यु भएको छ । ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गर्ने क्रममा प्रहरीको गोली लागेर मिनसोटाको ब्रुकलिनमा २० वर्षका डन्टे राइटको मृत्यु भएको हो । बीबीसीले जनाए अनुसार प्रहरीले गल्तीवश गोली चलेको जनाएको छ । तर घटनापछि प्रदर्शन र लुटपाटका घटना भइरहेका छन् । तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

अमेरिकाका मिनसोटाको मिनियापलिस र सेन्ट पलमा आपतकाल घोषणा गरिएको छ । ती सहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

अर्का एक अश्वेत जर्ज फ्लोइडको हत्याको आरोपमा पूर्व अधिकारीमाथि चलिरहेको सुनुवाइका क्रममा मिनियापलिसमा पनि प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ ।


  •  
  •  
  •