गोरखाको बारपाकमा घरभित्र ३ जना मृत फेला

64
  •  
  •  
  •  

प्रतिकात्मक तस्बिर

गोरखा । गोरखाको बारपाकमा घरभित्र ३ जना मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट १ को बारपाकमा एउटै घर भित्र १ जना पुरुष र २ जना महिला मृत्त फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृतक सबैको मुखबाट फिज आएको छ । मृत्यु हुनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, २२ वर्षीया आईतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ रहेका छन् ।

दिलबहादुर र आईतकुमारी ससुरा बुहारी हुन भने उषा उनीहरुका नातेदार भएको स्थानीयले जानकारी दिएका छन् ।
स्थानीयले सोमबार बिहान अबेरसम्म पनि घरको ढोका नखुले पछि घर भित्र गएर हेर्दा तिनै जना मृत्त अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


  •  
  •  
  •