डा.अन्जनीकुमार शर्माको निधन

171
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस) : वरिष्ठ शल्यचिकित्सक प्राडा अञ्जनीकुमार शर्माको ८६ वर्षको उमेरमा मंगलबार राती ८ : १५ बजे उनकै निवास चाबहिल मित्रपार्कमा निधन भएको छ ।

नेपालको चिकित्सा क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील डा. शर्माले वीर अस्पतालमा पहिलोपटक सर्जिकल डिपार्टमेन्टको स्थापना गरेका थियो । सन् १९५५ मा कलकत्ता मेडिकल कलेजबाट एमबीबीएस गरेका डा. शर्माले त्यसपछि दरभंगा मेडिकल कलेजबाट एमएस, बेलायतबाट एफआरसीएस गरे ।
शाही शल्य चिकित्सक पनि रहेका शर्माले अर्बुद रोग निवारण संस्थाको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । क्यान्सर रोगप्रति जनचेतना फैलाउन धूमपानविरुद्धको अभियान सञ्चालन गर्दै तथा क्यान्सरको अस्पतालको स्थापनाको लागि समेत उनको योगदान महत्वपूर्ण छ ।
नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष शर्मा नेपालको लायन्स क्लबको पहिलो डिस्टिक गभर्नर समेत थिए । मेडिकल शिक्षा क्षेत्रमा समेत  सक्रिय उनी विगत केही समयदेखि पोस्टे«डको क्यान्सरबाट पीडित थिए । डा. शर्माका श्रीमती, १ छोरी, २ छोरा छन् ।


  •  
  •  
  •