दुईजनाको शव फेला

85
  •  
  •  
  •  

महोत्तरी, १९ असोज । महोत्तरी जिल्लाको छुट्टाछुट्टै स्थानमा गएराति दुईजनाको शव फेला परेको छ ।  जलेश्वर नगरपालिका–१२ स्थित रातो खोलामा बगाएर ल्याएको अवस्थामा अन्दाजी ५० वर्षीया मुस्लिम समुदायकी महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
नाम, थर, वतन नखुलेको रातो ब्लाउज र हरियो पाइजामा लगाएकी कालो वर्णकी ती महिलाको शव नेपाल–भारत सिमानामा पर्ने रातो खोलामा डुबेर मरेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।
त्यस्तै गएराति नै जिल्लाको एकडारा बेला गाविस–२ स्थित पोखरीमा पनि एक व्यक्तिको शव डुबेर मरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एकडाराबेला–५ बस्ने ३० वर्षीय बबलु भण्डारी पोखरीमा भैँसीलाई नुहाउन जाँदा पानीभित्रै छारे रोगले भेटेपछि उनको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राणाले बताए । दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।


  •  
  •  
  •