पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

67
  •  
  •  
  •  

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरकी ६५ वर्षीया कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार स्टार अस्पताल सानेपामा उपचार क्रममा गत असार ६ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन अस्पतालमा रिफर गरेको थियो । ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने शुक्रबारको प्रेस व्रिफिङमा जानकारी गराउनेछ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । यसअघि बिहीबार साँझ वीरगन्जमा थप ३ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •