रहेनन् बलिउडका प्रसिद्ध हास्य कलाकार जगदीप

266
  •  
  •  
  •  

एजेन्सी । बलिउडका प्रसिद्ध हास्य कलाकार जगदीपको ८१ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको हो ।

जगदीप नामले परिचित उनको पूरा नाम सैयद इस्तियाक अहमद जाफरी हो । चार सयभन्दा बढी चलचित्रमा काम गरेका जाफरीले ब्लकबस्टर चलचित्र ‘सोले’ मा निभाएको सुरमा भोपाली निकै चर्चित पात्र थियो ।

उनले बीआर चोपडाको चलचित्र ‘अफसाना’ बाट बालकलाकारका रूपमा अभिनय यात्रा शुरु गरेका थिए ।

उनले ‘लैला मजनु’, ‘खिलौना’, ‘आइना’, ‘फिर वही रात’, ‘सुरक्षा’, ‘पुराना मन्दिर’, ‘शहंशाह’, ‘चाइना गेट’, ‘अन्दाज अपना अपना’, ‘बम्बे टू गोवा’, ‘कहीं प्यार ना हो जाए’ लगायत चर्चित चलचित्रमा काम गरेका छन् ।


  •  
  •  
  •