भारतमा गुण्डा समूहको आक्रमणमा डीएसपीसहित आठ प्रहरीको मृत्यु

78
  •  
  •  
  •  

एजेन्सी । भारतमा गुण्डा समूहको आक्रमणमा उत्तर प्रदेशको कानपुरमा डीएसपीसहित आठ प्रहरीको मृत्यु भएको छ । मारिनेमा एक डिएसपी, तीन सब–इन्सपेक्टर र चार कन्स्टेबल रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा गुण्डा समूहका तीन जनाको मृत्यु भएको छ ।

आक्रमणमा कयौं प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको नजिकको रिजेन्सी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीहरुले प्रहरीको हतियार समेत लुटेका छन् । विकास दुबे नाम गरेका कुख्यात अपराधीलाई पक्राउ गर्न प्रहरी गएको समयमा आक्रमण भएको हो ।

दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरीलाई सो समूहले आक्रमण गरेको बताइएको छ । प्रहरी पुग्ने वितिक्कै सो समूहले घरको छतबाट गोली प्रहार गरेको थियो । घटनापछि सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •