नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३१ पुग्यो

139
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बिहीबार थप १ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका भाइरसबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

असार ९ गते शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शिशुलाई लामो समयदेखि आइसोलेसनमा राखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

शिशुको घर म्याग्दी जिल्ला रहेको मन्त्रालयले जानकारी दिएको छ ।


  •  
  •  
  •