बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

483
  •  
  •  
  •  

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आज आत्महत्या गरेका छन्।

मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले घरमा झुण्डिएर आत्महत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए। राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए।

३४ वर्षीय राजपुतले पछिल्लो समय ‘केदारनाथ’ फिल्ममा अभिनय गरेका थिए। उनी बलिउडका लोकप्रिय अभिनेता मानिन्छन् । उनले टिभी अभिनेताको रूपमा आफ्नो करियर शुरु गरेका थिए।


  •  
  •  
  •