एकै दिन चारजनाद्वारा आत्महत्या

67
  •  
  •  
  •  

विराटनगर, १८ असोज (ओएनएस) : मोरङ जिल्लामा एकै दिन दुई महिलासहित चार जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज दिएको जानकारीअनुसार मधुमल्ला गाविस–३ बस्ने ५४ वर्षीया छायादेवी विकले शुक्रबार साँझ ६ बजे आफ्नै घरमा झुण्डी आत्महत्या गरेकी छिन् ।
यस्तै, राजघाट–२ बस्ने १७ वर्षीया सजु पाण्डेले आफ्नै घरमा शुक्रबार बेलुकी ८:३० बजे झुण्डी आत्महत्या गरेकी छिन् ।
उपमहानगरपालिका–१३ स्थित ममः पसलमा काम गर्ने ओखलढुङ्गा जिल्ला मोली–५ बस्ने २२ वर्षीय विजय विकले प्लास्टिकको डोरी लगाई झुण्डी आत्महत्या गरेका छन् ।
मोरङ सिसवनीजहदा–७ बस्ने २५ वर्षीय सुरज मण्डलले शुक्रबार बेलुकी ६ बजे मुसा मार्ने विषादी सेवन गरेको र उनको  उपचारको क्रममा कोसी अञ्चल अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए


  •  
  •  
  •