स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्षको कोरोनाका कारण निधन

59
  •  
  •  
  •  

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार मृत्यु भएको हो ।

सान्ज सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहँदा टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

‘मेरो बुवाको भर्खरै निधन भयो’, सान्जका छोराले ट्विटरमा लेखेका छन,‘उनी यो अवस्थामा ज्यान गुमाउन लायक थिएनन् । एक उत्कृष्ट, साहसी र मेहनती व्यक्तिका रुपमा मैले देखेको थिएँ । आफ्ना परिवार र रियल मड्रिड उनको प्यासन थियो ।’


  •  
  •  
  •