हिउँमा चिप्लिएर एक जनाको मृत्यु

70
  •  
  •  
  •  

मुगु । कामको शिलशिलामा छिमेकी जिल्ला गएका एक जनाको हिउँमा चिप्लिएर मृत्यु भएको छ ।
सोरु गाउँपालिका–३ का ४२ वर्षीय चक्रबहादुर बुढाको हिउँमा चिप्लिएर सोरु गाउँपालिकाको गाडे्खोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकात्मक तस्बिर

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहका अनुसार कामको शिलशिलामा छिमेकी जिल्ला गएका बुढाको घर फर्किने क्रममा बाजुराको कोल्टी हुँदै हुम्लाको दामबाट सोरु घर फर्किदै गर्दा सोरु गाउँपालिकाको गाडखोलामा हिउँमा चिम्ली लडे्र मृत्यु भएको हो ।

बाटोबाट २० मिटर तल खसेका बुढाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुगु प्रहरीले शवलाई पोष्टमाटमको लागी जिल्ला अस्पताल मुगु ल्याइएको छ । घटना घटेको स्थान सदरमुकाम गमगढीबाट २१ कोष टाढा पर्छ ।


  •  
  •  
  •