विश्व प्रख्यात बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन

62
  •  
  •  
  •  

एजेन्सी । विश्व प्रख्यात बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।
अमेरिकाको साउदर्न क्यालिफर्नियामा बाक्लो हुस्सुका कारण उनी सवार हेलिकोप्टर पहाडमा ठोक्किँदा उनीसहित ९ जनाको निधन भएको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार ब्रायन्टसँगै उनकी १३ वर्षीया छोरी जियानाको पनि दुर्घटनामा निधन भएको छ ।

४१ वर्षीय ब्रायन्टको मृत्युको खबर फैलिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित संसारभरका सेलिब्रिटी र खेलप्रेमी दुःखी भएका छन् ।
सबैले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्।

ब्रायन्टको निधनले नेपाली खेल जगत् पनि दुःखी भएको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठलगायतले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।


  •  
  •  
  •