अचेत अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु

81
  •  
  •  
  •  

काठमाडौं । मकवानपुरको थाहानगरपालिका–४ को दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा भेटिएका आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत केरालाका ३९ वर्षीय रञ्जीत कुमार, उनकी श्रीमती ३४ वर्षीया इन्दु रञ्जित र छोरा २ वर्षीय वैष्णव रहेका छन् । यसैगरि ३९ वर्षीय प्रविणकष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया सरैया नायर, ५ वर्षीय छोरा अभिनव, ६ वर्षीया छोरी अरचा र ४ वर्षीया छोरी बद्राको पनि मृत्यु भएका छ ।

होटेलमा अचेत अवस्थामा भेटिएका उनीहरुलाई उपचारका लागि हेलिकोप्टकरबाट काठमाडांैस्थित ह्याम्स अस्पताल ल्याइएको थियो । अस्पतालका अनुसार आठैजनाको होटलमै मृत्यु भएको थियो । एभरेष्ट पानोरमा रिसोर्टमा सोमबार राति दुई परिवारका आठ पर्यटक एउटै कोठामा रात बिताएका थिए ।

पन्ध्र जनाको समूहमा रहेका भारतीय पर्यटकहरुले होटलमा चारवटा कोठा लिएको तर राति चिसो भएपछि उनीहरु दुईवटा कोठामा सुतेका थिए । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको प्ररम्भिक अनुमानबाट खुलेको प्रहरीले बताएको छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनी मार्फत दामन पुगेका थिए ।


  •  
  •  
  •