धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट दुई बच्चासहित दम्पती त्रिशूली नदीमा हाम फालेका छन् ।
झोलङगे पुलबाट हाम फाल्दा श्रीमतीको ज्यान गएको छ भने दुई बच्चा बेपत्ता भएका छन् । श्रीमानको भने रेस्क्यु टोलीले तत्काल उद्धार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् । जमुनाको शव पुलनजिकै फेला परेको थियो भने दुई बालकहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।