साहनाको परिवारमा अर्को शोक

187
  •  
  •  
  •  

काठमाडौं, ७ असोज (ओएनएस) : साहना प्रधानको निधनको शोकमा रहेको उनको परिवारमा अर्को पनि शोक परेको छ ।  प्रधानका देवर जीतेन्द्रदेव श्रेष्ठका साढे तीन वर्षीय नाति जेनिस श्रेष्ठको आज मरुटोलस्थित निवासको पाँचौँ तलाबाट खसेर मुत्यु भएको छ । प्रधानको निधनका कारण बच्चा हेर्ने उचित वातावरण नहुँदा जेनिस लड्न पुगेको पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठलाई उपचारका क्रममा वीर अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो । जेनिस छतबाट खसेको अबर आएलगतै साहनाका छोरा उमेश र कान्छा देवर विजयलाल गएका थिए । तर, जेनिशलाई वीर अस्पताल ल्याउादै गर्दा बाटैमा मृत्यु भएको छ ।  मंगलबार अपराहृन साहनासँगै उनका नाती जेनिशको पनि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।


  •  
  •  
  •