काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित पाङा बसपार्क नजिकै सुन्दरबस्तीमा एक घरको कोठामा आमा–छोरा मृत भेटिएका छन् ।
कीर्तिपुर नगरपालिका–८ स्थित घरको एक साँघुरो कोठामा खाटमा सुतेकै अवस्थामा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा मृत भेटिएका हुन् ।
कोठा न्यायो पार्न भन्दै बेलुका मकलमा आगो बालेर सुतेका उनीहरु बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
दुवैको निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।