जंगली हात्तीको आक्रमणबाट २ महिलाको मृत्यु

593
  •  
  •  
  •  

महेन्द्रनगर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महाकाल नगरपालिका–२ की ३८ वर्षीया बसन्ती भट्ट र ५० वर्षीया भूमि बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

महाकाली नगरपालिका–२ मा रहेको मायापुरी सामुदायिक वनमा हात्तीको आक्रमबाट स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते भएका छन् ।

उनीहरु बिहान घाँस काट्न जंगल जाँदा हात्तीको आक्रमणमा परेका हुन् । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक चेतराम पनेरुले घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि भारतको खटिमा पठाइएको बताए ।


  •  
  •  
  •