वर्षापछि घरको पर्खाल भत्किँदा कम्तिमा १७ जनाको मृत्यु

46
  •  
  •  
  •  

एजेन्सी । भारतको तमिलनाडु राज्यमा भारी वर्षापछि घरको पर्खाल भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको मृत्यु भएको जनाइएको छ । मुसलधारे वर्षापछि सो घटना भएको हो ।

स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ ।

भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ । कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ ।


  •  
  •  
  •