कोरियामा एक नेपालीको मृत्यु

69
  •  
  •  
  •  

भोेजपुर । रोजगारीका क्रममा कोरियामा रहेका एक नेपालीको ज्यान गएको छ । ज्यान जानेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का अमिन राई रहेका छन् ।

रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार ज्यान गएको परिवारले जनाएको छ । परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पु¥याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थियो । पाँच वर्षदेखि कोरियामा कार्यरत अमिनको शव नेपाल ल्याउने तयारी भइरहेको जनाइएको छ ।


  •  
  •  
  •